Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जोगियो सुदूरपश्चिम सरकार, मुख्यमन्त्री भट्टले पाए विश्वासको मत


    मंगलबार, जेष्ठ २५ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । 

    मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो । 

    मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार जोगिएको छ । 

    मुख्यमन्त्री भट्टको सरकारको पक्षमा ३० सां‌सदले मत दिएसँगै उनले विश्वासको मत प्राप्त गरेको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका छन् ।

    भट्टको पक्षमा माओवादी केन्द्रका १३ जना र एमाले माधव समूहका १७ जनाले मत हालेका छन् ।

    कुल ५२ सदस्य रहेको प्रदेश सभामा ओली समूहका ७ जना, जसपाका २ जना काँग्रेसका १२ जना सांसदले मत हालेनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार