Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपाल समूहको ठहर, ओलीको एकता आह्वान भ्रम सृजना गर्ने उद्देश्यबाट प्रेरित


    सोमबार, जेष्ठ २४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठकले आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको पार्टी एकताको प्रस्तावलाई छलछाम र षडयन्त्र किसिमको भएको बताएको छ । माधव नेपाल समूहले प्रतिनिधिसभा बिघटन गर्ने लगायतका संविधानसम्मत नरहेका निर्णयहरु ओलीले फिर्ता गर्नुपर्ने निर्णय गरेको छ । ओलीको आइतबारको आह्वान साँच्चिकै एकताको पक्षमा नभई केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित रहेको ठहर गरेको छ ।

    ओलीले गरेको आह्वानको बुँदा नं १ नै पार्टी एकता हासिल गर्ने भन्दा अनेकता सृजना गर्नेतर्फ लक्षित देखिएको माधव नेपाल समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ओलीले सर्वोच्चको रिटको हस्ताक्षर फिर्ता लिने कुरालाई पनि माधव नेपाल समूहले ठाडै अस्वीकार गरेको छ ।

    प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गरेका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो । प्रधानमन्त्रीबाट प्रतिनिधिसभा बिघटनको निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ, स्थायी कमिटीको निर्णयमा उल्लेख छ ।

    madhav nepal press.jpg

    3.jpg

    3-3.jpg

    4.jpg

    5.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार