काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रलाई परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेर मन्त्री बनेका रामबहादुर थापा बादलसहितका पूर्वमाओवादी नेताहरु अहिले दोधारमा परेका छन् ।
गत जेठ ६ गते सर्वोच्च अदालतले गैरसांसद भएर पनि मन्त्री बनेको भन्दै पद खोसिदिएपछि ‘यता न उता’को अवस्थामा पुगेका हुन् ।
एकातिर मन्त्री पद खोसिएको र अर्कोतिर एमालेभित्र आन्तरिक किचलोको पेलाइमा परेका कारण बादल, टोपबहादुरसहितका पूर्वमाओवादी नेताहरुलाई एमाले प्रवेश ‘नखाऊँ भने दिनभरको शिकार,खाऊँ भने कान्छा बाउको अनुहार’ जस्तै भएको बुझिएको छ।
एकातिर माओवादी परित्याग, अर्कोतिर सर्वोच्चबाट पद खोसिनु माओवादीबाट एमालेमा छिरेर एकैचोटी केन्द्रीय नेतृत्वमा पुगेकाहरु अहिले खुमलटारतिर आँखा तेर्स्याउन थाले बुझिएको छ । मन्त्री पद छउन्जेल माधव नेपालहरुलाई एमालेमा स्वागत गर्छौँ भन्ने पूर्वमाओबादीका नेताहरु अहिले माओवादीले स्वागत गर्दिए हुन्थ्यो भन्ने अवस्थामा पुगेको स्रोतले बताउछ।
स्रोतका अनुसार तमाम कमजोरीका बाबजुद पनि माओवादीमै फर्केर अन्तरसंघर्ष चलाउनुपर्ने कार्यकर्ताको दबाबले पनि खुमलटारसँग नजिकिन नेताहरुलाईलाई बाध्य पारेको हो । त्यसैकारण एमालेमा विजातीय बनेर बस्नुभन्दा बरु कमजोरी भए पनि माओवादीमै फर्कने मनस्थितिमा पुगेको स्रोतको दाबी छ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend