काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकता प्रस्तावसहित आइतबार साँझ जारी गरेको विज्ञप्ति भ्रामक र षडयन्त्रपूर्ण रहेको माधव नेपाल समूहका नेताहरुले बताएका छन्।
नेपाल समूहका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले प्रधानमन्त्री ओलीको विज्ञप्तिलगत्तै त्यो झुठ र भ्रमको पुलिन्दा रहेको प्रतिक्रिया दिए ।
जेठ २ को पूर्वअवस्थामा जानुपर्नेमा सुनियोजित रुपमा जेठ ३ को पूर्वअवस्थामा लेखेर जाल गरेका छन्। सर्बोच्चबाट हस्ताक्षर फिर्ता लिन लाउने मात्र उनको नियत देखिन्छ। अरु कुनै कुरामा उनले आफूलाई सच्याएका छैनन्।’
प्रधानमन्त्री ओलीले संंसद बिघटन गरेकोमा माफी माग्नुभन्दा उल्टै मुद्दाबाट हस्ताक्षर फिर्ता लिने कुरा गरेर नैतिकताकै धज्जी उडाइदिएको खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनलाइ नै समाप्त गर्नु भन्दा ओलीले पार्टी अध्यक्ष पदबाट राजिनामा गर्नु सबै भन्दा उत्तम हुनेछ। यस्तो अबस्थामा केपी ओलीको मनखुसीले निकालेको बक्तब्यमा हाम्रो सहभागिता छैन र यो असमान लिखत हामीलाइ मान्य छैन। कोही भ्रममा नपर्नु हुन अनुरोध गर्दछु।’
उनको लेख यस्तो छ : ‘आजको केपी ओलीको पार्टी एकता बारेको बक्तब्य भ्रामक छ,तत्कालीन एमालेको 203 जनाको केन्द्रीय कमिटीलाई मान्यता नदिएर माओवादी समेत समावेश गरेर 264 बनाएका छ्न । उनले जेस्ठ 2 को पुर्ब अबस्थामा जानुपर्नेमा सुनियोजित रुपमा जेष्ठ 3 को पूर्व अबस्थामा लेखेर जाल गरेका छन सर्बोच्चबाट हस्ताक्षर फिर्ता लिन लाउने मात्र उनको नियत देखिन्छ। अरु कुनै कुरामा उनले अफुलाइ सच्याएका छैनन। यो हाम्रो सहमतिको बक्तब्य त हुँदै होइन। मतहत पार्टी कमिटी र जनसङ्गठनका बारेमा पनि उनले एमाले कालमा नफर्काउने गरि ” मुलभुत रुपमा” भन्ने शब्द राखेर षडयन्त्रको बाटो सुरक्षित गरेका छन ।स्विकार्य छैन।न अल्मलिनु हुन अनुरोध छ। यस बिचमा विभिन्न कमरेडहरुले गल्ती गरेकोमा कार्बाही गरिने छैन भनेका छ्न, निष्कासन गरिएकाको कार्बाही खारेज गरेका होइनन। यो पनि कार्यकर्तालाइ अलमल्याउने तर्क मात्र हो। आफुले गल्ती गरेको स्विकार गरेका छैनन। समग्रमा यो झुठ र भ्रम को पुलिन्दा हो। कोहि पनि भ्रममा नपर्नु होला। सम्सद बिघटनगरेकोमा माफी माग्नु माफी माग्नु र बिघटन फिर्ता लिनुपर्ने प्र म ले उल्टै मुद्दाबाट हस्ताक्षर फिर्ता लिने कुरा गरेर नैतिकता कै धज्जी उडाइदिएका छन । कम्युनिस्ट आन्दोलनलाइ नै समाप्त गर्नु भन्दा ओलीले पार्टी अध्यक्ष पदबाट राजिनामा गर्नु सबै भन्दा उत्तम हुनेछ। यस्तो अबस्थामा केपि ओलीको मनखुसीले निकालेको बक्तब्यमा हाम्रोसहभागिता छैन र यो असमान लिखत हामीलाइ मान्य छैन। कोहि भ्रममा नपर्नु हुन अनुरोध गर्दछु।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend