Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • जनमोर्चाका थापाकाे पदबहाली गर्न सर्वोच्चको अन्तरिम आदेश


    आइतबार, जेष्ठ २३ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने अन्तरिम आदेश दिएको छ।

    न्यायाधीश कुमार चुँडालको एकल इजलासले आइतबार थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

    थापाले राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको निर्णय उल्लंघन गर्दै प्रदेश सरकारमा एमालेका नेता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा अडान लिएपछि कारबाही गरेको थियो । पार्टीले उनलाई पदमुक्त गर्ने निर्णय गरेपछि प्रदेशसभा सभामुखले उनलाई पदमुक्त गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार