Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजेन्द्र महतोलाई राज्यद्रोहको मुद्धा लगाएर देश निकाला गर्नु पर्ने माग


    आइतबार, जेष्ठ २३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नयाँ पार्टी, नेपालले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई २४ घण्टाभित्र देश निकाला गर्न माग गरेको छ ।

    पार्टीले शनिबार चेतावनी सहितको विज्ञप्ति जारी गरी महतोलाई देश निकाला गर्न माग गरेको हो । उक्त पार्टीले यदि सरकारले उक्त कदम नचालेको खन्डमा जनताले आवश्यक कारबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने भन्दै चेतावनी समेत दिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उपप्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

    महतोले उपप्रधानमन्त्री भएलगत्तै ‘यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु’ आफ्नो पार्टीको उद्देश्य रहेको बताएका थिए ।

    उनले भनेका थिए–‘बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ ।’

    mahatoo.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार