Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णालीका नवनियुक्त दुई मन्त्रीहरुको सपथ दिउँसो २ बजे


    आइतबार, जेष्ठ २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत। कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट मन्त्री बनेका दुई जनाको सपथ  आज दिउँसो हुने भएको छ । 

    सपथ ग्रहण कार्यक्रम दिउँसो २ बजेका लागि तय भएको नबनियुक्त जलस्रोत तथा ऊर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले जानकारी दिए। 

    कांग्रेस संसदीय दलको निर्णयअनुसार कर्णालीमा नेपाली कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा श्रेष्ठ नियुक्त भएका हुन्। 

    गत चैतको पहिलो साता नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर, वैशाख ३ गते विश्वासको मत लिने क्रममा शाहीको पद एमालेको माधव पक्ष र कांग्रेसले जोगाइदिएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार