काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राज्य भएको बताएका छन् ।
पूर्वमन्त्री बाँस्कोटाले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएपछि त्यसको जवाफमा यस्तो बताएका हुन्।
शनिबार राति बाँस्कोटाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘नेपाल बहुराष्ट्रहरुको योगफल होइन र जन्मजात एक सार्वभौम राज्य हो, कसैको बुझाइमा भ्रम छ भने त्यो उसको राज्यको उत्पति र विकास सम्बन्धी ज्ञान र दृष्टिकोणको समस्या हो।’
ट्वीटरमा उनी लेख्छन्, ‘नेपाल बहुभाषिक,बहुजातीय,बहुधार्मिक, बहुसांस्कृतिक राज्य हो । बहुराष्ट्रहरुको योगफल होइन । जन्मजात एक सार्वभौम राज्य हो । कसैको बुझाइमा भ्रम छ भने त्यो उसको राज्यको उत्पति र विकाससम्बन्धी ज्ञान र दृष्टिकोणको समस्या हो, नेपाल राज्यको र जनताको बुझाईको समस्या होइन।’
नेपाल बहुभाषीक,बहुजातिय,बहुधार्मिक, बहुसाँस्कृतिक राज्य हो।बहुराष्ट्रहरुको योगफल होइन।जन्मजात एक सार्वभौम राज्य हो।कसैको बुझाइमा भ्रम छ भने त्यो उस्को राज्यको उत्पति र विकास समबन्धी ज्ञान र दृष्टिकोणको समस्या हो, नेपाल राज्यको र जनताको बुझाईको समस्या होइन।
— Gokul Prasad Baskota (@GokulPBaskota) June 5, 2021
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend