काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको मन्त्रिपरिषदमा प्रदेश नम्बर २ बाट १२ जना समेटिएका छन् । तर गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट एक जना पनि मन्त्री नियुक्त गरिएको छैन । सुदूरपश्चिम प्रदेशबाट यसअघि एमालेबाट गणेश ठगुन्ना र प्रेमबहादुर आले मन्त्री थिए ।
जेठ ६ गते सर्वोच्च अदालतले नियुक्ति बदर गर्नुअघि लेखराज भट्ट र गौरीशंकर चौधरी पनि सुदूरपश्चिमबाटै मन्त्री रहेका थिए । तर शुक्रबार सुदूरपश्चिमबाट एक जना पनि मन्त्री राखिएको छैन । आले र ठगुन्नासँगै मन्त्री भएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई ओलीले यथावत राखेका छन् । महिला मन्त्री हुँदै कानुन मन्त्री भएका लीलानाथ श्रेष्ठलाई पनि हटाइएको छैन ।
प्रधानमन्त्री ओलीले आफूसँग राखेका बाँकी ८ मन्त्रीमा सुदूरपश्चिम प्रदेशबाट नारदमुनि रानालाई नियुक्त गर्ने भएका छन् । रानाबिरुद्ध रातो पासपोर्ट बिक्री गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । उनी कुनै पनि दिन कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा र त्यसअघिका खड्ग खत्री जस्तै पदमुक्त हुने संभावना प्रबल छ ।
२०६४ मा पहिलो संविधानसभा सदस्य भएपछि नारदमुनि रानाले १० लाखमा कूटनीतिक राहदानी(रातो पासपोर्ट) बिक्री गरेका थिए । उनले घुस लिएर अष्ट्रेलिया जानका लागि पासपोर्ट दुरुपयोग गर्न दिएका थिए । उनले २ वटा पासपोर्ट लिएर एउटा पासपोर्ट बिक्री गरी अष्ट्रेलिया उडाएका थिए ।
२६ साउन २०७२ मा विशेष अदालतले रानालाई दोषी ठहर गरिसकेको थियो । उनले पासपोर्ट लिंदा गरेको हस्ताक्षर मिलेको तर औंठाछाप नमिलेकै आधारमा उनले २०७४ मा निर्वाचन लड्न पाएका थिए । अहिले यो मुद्दा सर्वोच्च अदालतमा अड्किएको छ । मुद्दा थााती रहेकाले उनको नाम निलम्बितहरूको सूचीमा परेको छैन । राना २०७४ को निर्वाचनमा कैलाली–५ बाट निर्वाचित भए । नेपाली कांग्रेसले पुस्करनाथ ओझाजस्ता पुराना कार्यकर्तालाई टिकट नदिई आरजु राणालाई दिएकाले पनि रानाले चुनाव जितेका थिए ।
रानाजस्तै तत्कालीन संविधानसभा सदस्य गायत्री साह, वीपी यादव, शिवपूजन रायले पनि रातो पासपोर्ट बिक्री गरेका थिए । उनीहरुमध्ये गायत्री साह र वीपी यादव राजनीतिबाटै गुमनाम छन् । शिवपूजनलाई २०७४ को निर्वाचनमा सर्लाहीका मतदाताले पराजयको स्वाद चखाइदिए । तर ओलीले रातो पासपोर्ट बिक्री गर्ने रानालाई मन्त्रीका रुपमा पुरस्कृत गर्ने भएको छ ।
तर सुदूरपश्चिमका ओली समूह नेताहरु सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले रानालाई मन्त्री बनाउनु नहुने पक्षमा रहेका छन् । उनलाई बनाउँदा विवाद हुनसक्ने भएकाले थारु समुदायबाट शान्ता चौधरी नै उपयुक्त हुने भन्दैआएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend