काठमाडौं । सर्वोच्च अदालतले नियुक्ति बदर गरेका ७ मन्त्रीले अझै पनि हरिहरभवनस्थित मन्त्री निवास छाडेका छैनन् । मन्त्री निवासको रेखदेख र मर्मत सुधार हेर्ने सहरी विकास तथा भवन विभागका एक अधिकारीका अनुसार अदालतको आदेशपछि पनि ६ मन्त्रीले अझै निवास ओगटेर बसेका छन् । अदालतले नियुक्ति बदर गरेको १७ दिन बितिसक्दा पनि निर्लज्ज रुपमा उनीहरु निवास कब्जा गरी बसेका छन् । सर्वोच्च अदालतले २०७८ जेठ ६ गते सांसद पदमा नरहेका ७ मन्त्रीको नियुक्ति कानुनसम्मत नभएकाले बदर गरेको थियो ।
मन्त्रीको जागिर गएको १७ दिनसम्म पनि क्वाटर कब्जा गर्ने रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा हुन् । मणि थापा भने केही दिनअघि निवास छाडेर इमाडोलस्थित घरमा सरिसकेका छन् । बादल गृहमन्त्री, रायमाझी, ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र लामा युवा तथा खेलकुद मन्त्री थिए । माओवादीबाट ओलीको समूहमा आएका उनीहरु अझै पनि मन्त्री हुने आशामा छन् । जबकि अब मन्त्रीको कोटा ८ मात्रै छ । अदालतले १७ दिनअघि नियुक्ति बदर गरेका बादलहरुलाई पुनः मन्त्री बनाउन पनि निकै गाह्रो छ । यो वास्तविकता बुझेर पनि भूपू मन्त्रीहरु निवास कब्जा जमाएरै बसेका छन् ।
निवास नछाड्दा शुक्रबार मन्त्री भएकाहरु क्वाटरमा सर्न नपाउने भएका छन् । नयाँ मन्त्रीहरुले आफूहरुका लागि निवास खाली गराउन दबाब दिन थालेपछि भवन विभागका अधिकारीहरु हैरान भएका छन् । मन्त्रीबाट हटेको १७ दिनसम्म पनि निवास नछाड्नेहरुका लागि प्रदीप ज्ञवालीले मन्त्रीबाट निवृत्त भएको भोलिपल्टै आज निवास छाडेर सबक सिकाएका छन् । तर उनीहरु भने अझै पनि ओलीले ८ मन्त्री पदमा नियुक्त गर्ने आशामा निवासमा धर्ना बसेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend