Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक दिउँसो १  बजे बस्दै


    शनिबार, जेष्ठ २२ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल  पक्षको निर्णायक बैठक आज बस्ने भएको छ । नेपाल–खनाल समूह नयाँ पार्टी गठन गर्ने कि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै अझै एकताका लागि संघर्ष गर्ने भन्ने दोधारमा रहेको छ । यस्तो दोधारे नीतिका कारण सो समूहबाट कृष्णभक्त पोखरेल, धु्रव शाही, पवित्रा निरौला खरेल लगायतका सांसदहरु ओली समूहमा गइसकेका छन् ।

    नेपाल–खनाल समूहमा नयाँ पार्टी खोल्ने कि एमालेमै रहेर संघर्ष गर्ने भन्ने बिषयमा दुई धार देखिएको छ । सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण बिष्टहरु एमालेभित्रै संघर्ष गर्नुपर्ने पक्षमा छन् भने भीम रावल, अष्टलक्ष्मी शाक्य, जगन्नाथ खतिवडा, राजेन्द्र राईहरु नयाँ पार्टी गठन गरिहाल्नुपर्ने पक्षमा छन् । यो समूहमा देखिएको यही अन्तरबिरोधका बीचमा आज निर्णाय बैठक बस्न लागेको छ ।

    बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निष्कर्ष निकालेको थियो । एउटा निष्कर्षमा पुग्न राखिएको बैठकमा दुई लाइन देखिएको छ ।

    केन्द्रीय कमिटी बैठकमा सहभागी बहुसंख्यक केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीले अझै जालझेल र दाउपेच गरेर समूहलाई कमजोर बनाउने चलखेल गरिरहेकोतर्फे ध्यानाकर्षण गराएका थिए । आज बस्ने नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकले केन्द्रीय नयाँ पार्टी गठन वा एमालेमै संघर्ष गर्नेबारेमा ठोस निर्णय गर्ने बताइएको छ ।

    ओली पक्षले वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । अरु १२ नेतालाई स्पष्टीकरण सोधिसकेको छ । तर कारबाही भने गरेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार