Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • महतोको राष्ट्रविभाजन गर्ने अभिब्यक्ति विवादमा, बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई अनुरोध


    शनिबार, जेष्ठ २२ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले उपप्रधानमन्त्री नियुक्त गरेका राजेन्द्र महतोले शुक्रबार राति मन्त्री पदमा बहाली गर्ने क्रममा दिएको अभिब्यक्ति विवादमा परेको छ । पहिलो र दोश्रो संबिधानसभामै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बिषय उठाएपछि उनी विवादमा परेका हुन् । उनको अभिब्यक्तिलाई लिएर सामाजिक संजालमा चर्को बिरोध भएको छ ।

     एमालेका युवानेता योगेश भट्टराईले महतोको अभिब्यक्ति देशलाई द्वन्द्वतिर फर्काउने खालको भएकाले लगाम लगाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । भट्टराईले लेखेका छन्–आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन् । संकेत राम्रो छैन । देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिब्यक्तिमाथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू ।

    संबिधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ –‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’ अर्थात् बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार