काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनाल समुह छाडेबापत सिन्धुपाल्चोकका शेरबहादुर तामाङलाई संघीय सरकारमा स्वास्थ्य मन्त्रीब बनाएका छन् । तामाङकी श्रीमती उषाकला राई प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्री नियुक्त भइसकेकी छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गएको चैत १३ मा राईलाई मन्त्रीमा नियुक्त गरेका थिए ।
नेकपामा विवाद हुँदा तामाङ र राई जोईपोई नै माधव नेपालको साथमा थिए । नेकपाको एकता खारेजीसँगै तामाङ ओलीतिर लागे । तर राई भने माधव नेपाल समूहमै थिइन् । तर पछि दुवै जना ओलीतिर लागे । र, श्रीमान श्रीमती नै मन्त्री हुने भाग्यमानी जोडी भएका छन् ।
प्रधानमन्त्री ओलीले पटक पटक चुनाव जितेका विशाल भट्टराई, कृष्णप्रसाद दाहालजस्ता आफ्नै सांसद र पछिल्लो समयमा माधव नेपाल समुह छाडेर आएका कृष्णभक्त पोखरेललाई पनि मन्त्री नबनाई तामाङलाई संघमा र उनकी श्रीमतीलाई प्रदेशमा मौका दिएका छन् ।
ओलीको सरकार गठन हुनासाथ २०७४ चैतमा तामाङ कानुन मन्त्री भएका थिए । तर बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको बारेमा विवादास्पद अभिब्यक्ति दिएका कारण उनको बिरोध भयो । र, उनले रुदै पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीका निकट कानुनी क्षेत्रका सर्वेसर्वा ठान्ने सुवास नेम्वाङ, अग्नि खरेलहरुको उक्साहटमा ओलीले तामाङलाई राजीनामा दिन निर्देशन दिएका थिए ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend