Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • यी हुन् जसपाबाट मन्त्री र राज्यमन्त्री हुनेहरु


    शुक्रबार, जेष्ठ २१ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीले राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० जनालाई सरकारमा पठाउने निर्णय गरेको छ । जसपाले मन्त्रीको नाम दिएपछि आजै साँझ सपथ ग्रहण हुने भएको छ ।

    जसपाले  राजपा संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा पठाउने भएको छ । महतोले सहरी विकास मन्त्रालयको नेतृत्व गर्नेछन् । जसपाले बिघटित प्रतिनिधिसभाका सांसदहरुलाई मात्रै मन्त्री बनाएको छ । सांसदभन्दा बाहिरबाट ल्याउँदा थेग्नै नसक्ने दबाब परेपछि सांसदबाटै मात्रै बनाइएको छ । उपेन्द्र यादवलाई छाडेका विमल श्रीवास्तव, उमाशंकर अरगरियालाई मन्त्री र  रेणुका गुरुङलाई राज्यमन्त्री बनाइएको छ ।

    राजपाबाट मन्त्री हुनेहरुको नाम यसप्रकार छः 

    १.राजेन्द्र महतो, उपप्रधान मन्त्री तथा शहरी विकास
    २.शरतसिहं भण्डारी, उर्जा 
    ३.अनिल झा, खानेपानी 
    ४.बिमल श्रीवास्तव, श्रम तथा रोजगार
    ५.उमाशंकर अरगरिया, युवा
    ६.लक्ष्मणलाल कर्ण, भुमिब्यवस्था
    ७.चन्दा चौधरी, महिला
    ८.एकबाल मियाँ, वन
    ९.चन्द्रकान्त चौधरी, राज्य मन्त्री उर्जा 
    १०.रेणुका गुरुङ, राज्य मन्त्री महिला

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार