काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त भएको पाँच महिनामै ४ मन्त्रीलाई हटाएका छन् । राजपाका नेतालाई मन्त्री बनाउन ४ मन्त्री हटाइएको हो । २०७७ पुस १० मा नियुक्त भएका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोलाई हटाइएको छ ।
भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्वाहाङ्फेलाई पनि हटाइएको छ । उनी केही महिना कानुन मन्त्री पनि भएकी थिइन् । उनी पनि पुस १० मै भूमिब्यवस्था मन्त्रीमा नियुक्त भएकी थिइन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना पनि ५ महिनामै बर्खास्त भएका छन् ।
वन मन्त्रीमा उपेन्द्र यादवलाई बाइवाई गरी ठाकुर महतो समूहमा लागेका जसपाका उमाशंकर अरगरियालाई ल्याउन लागिएको छ । उनी बीरगज महानगरपालिकाका पूर्वमेयर हुन् । महिलामा चन्दा चौधरी र भूमिब्यवस्था मन्त्रीमा लक्ष्मणलाल कर्णलाई ल्याइएको छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend