Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सरकारले गिटी, बालुवा बेच्ने घोषणा नसच्याए आवश्यक निर्णय लिने मुख्यमन्त्री राउतको चेतावनी


    बिहिबार, जेष्ठ २० २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई मरुभूमि बनाउने केन्द्र सरकारको निर्णय नसच्याए आवश्यक निर्णय लिने चेतावनी दिएका छन्।

    केन्द्र सरकारले आर्थिक वर्ष २०७८/ ०७९ को बजेटमा खानीजन्य ढुँगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गर्ने उल्लेख गरेको छ।

    उक्त व्यवस्थाप्रति प्रदेश २ सरकारको गम्भीर ध्यानकर्षण भएको मुख्यमन्त्री राउतले विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई मधेशलाई मरुभूमि बनाउने बजेट वक्तव्य सच्याउन चेतावनी दिएका हुन् । बजेट वक्तव्य नसच्याए आवश्यक कदम चाल्ने उनको भनाइ छ ।

    उनले चुरे क्षेत्र यस प्रदेश २ को रक्षा कवचको रुपमा रहेको र चुरे क्षेत्रको माटो कमजोर रहेकोले उत्खनन् पश्चात नदीको बहाव तीव्र हुने र तीव्र बहावले बगाएर ल्याउने बालुवा मधेशमा थुप्रिदै जाने बताएका छन् ।

    प्रदेश सरकार मातहत रहेको वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकोले चुरे दोहनले यी सबै प्राकृतिक सम्पदा गुमाउने निश्चित रहेको मुख्यमन्त्री राउतले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    ‘वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहान संरक्षणको साथै प्रदेश नं । २ लाई मरुभूमिकरण हुनबाट जोगाउने कार्य प्रति प्रदेश सरकार सजग छ । तसर्थ, नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन आग्रह गर्नुको साथै यस्तो कार्य तत्काल नरोकिए तराई मधेशको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

     

    lal-babu-raut.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार