Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमाले स्थायी कमिटी बैठक बस्दै, पार्टी एकता मुख्य एजेन्डा


    बुधबार, जेष्ठ १९ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीले आज दिउँसो चार बजे बैठक बोलाएको छ । दिउँसो चार बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

    हिजाे (मंगलबार) बसेको बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो । 

    एमालेको विवाद उत्कर्षमा पुग्दा अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार जनालाई निस्कासन गरेका छन् । थप १२ जनालाई त्यसैदिन २४ घण्टे स्पष्टिकरण सोधिएको थियो । मंगलबारै ती १२ जनालाई कारबाहाी गर्ने भनिए पनि अध्यक्ष केपी ओली पछि हटेका छन् । 

    आजको स्थायी समिति बैठकमा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षका सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दर्ता गरेको रिटबाट आफ्नो नाम फिर्ता लिने सर्त पूरा गरे आफू जेठ २ मै फर्किन तयार हुने प्रस्ताव राख्ने स्रोतले बताएको छ । तर प्रधानमन्त्री ओली विगतमा गरेका लिखित सहमति पालनामा पनि इमान्दार नभएकाले विश्वास गरिहाल्ने नेपाल पक्षका घनश्याम भूसाल र सुरेन्द्र पाण्डेहरु पक्षमा छैनन् । 

    ७ जेठमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार