Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश राणा तयार


    मंगलबार, जेष्ठ १८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न तयार भएका छन् । सर्वोच्च बार एशोसिएसनका पदाधिकारीसँग पदाधिकारीसँग छलफलपछि प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    मंगलबार बारका प्रतिनिधिसँग राणाले छलफल गरेका थिए । छलफलपछि उनी बरिष्ठताका आधारमा इजलास गठन गर्न तयार भएका हुन् ।

    बरिष्ठताका आधारमा इजलासमा न्यायाधीश तोक्नका लागि सर्वोच्च अदालतको कार्यसञ्चालन नियमावली परिवर्तन गर्ने जानकारी पनि राणाले दिएका छन् । यसअघि बिहीबारदेखि सुरु भएको प्रतिनिधिसभा बिघटनका बिरुद्ध परेका रिटको सुनवाइका क्रममा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राख्नु नहुने माग बरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र रमण श्रेष्ठहरुले उठाएका थिए ।

    बहसका क्रममा कानुन ब्यवसायीहरुले निवेदकले माग्दै नमागेको बिषयमा नेकपाको एकता खारेज गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको निवेदनमा निस्सा नदिने केसीलाई इजलासमा राखिनु नहुने सवाल उठाएका थिए । 

    संवैधानिक इजलासमा श्रेष्ठलाई राख्नु नहुने बरिष्ठ अधिवक्ताहरुको भनाइ र उनीहरुलाई हटाउनु नहुने महान्यायाधीवक्ता रमेश बडालको अडानका कारण प्रतिनिधिसभा बिघटनबिरुद्धको रिटमा सुनुवाइ नै हुन सकेको छैन । प्रधानन्यायाधीश राणाले बरिष्ठ न्यायाधीशहरु राखाी इजलास गठन गर्ने प्रतिबद्धता ब्यक्त गरेपछि प्रतिनिधिसभा बिघटनाका बिरुद्ध परेका रिटमा अब सुनुवाइ हुने भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार