Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक बस्दै, स्पष्टीकरण नबुझाउनेलाई कारवाहीको तयारी


    मंगलबार, जेष्ठ १८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । यसअघि आइतवारका लागि तोकिएको बैठक सोमवारका लागि सारिएकोमा सोमवार पनि स्थगित भएको थियो। 

    बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

    आइतवार पार्टीको आन्तरिक कारण र सोमवार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनका कारण भन्दै बैठक स्थगित गरिएको थियो।

    तामाङका अनुसार आजको बैठकमा विशेष गरी बजेटको समीक्षा तथा पार्टीको आन्तरिक गतिबिधिबारे छलफल हुने छ।

    यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको बताउँदै उनले आजको बैठकमा ती सांसदलाई गरिने कारबाहीबारे केही निर्णय हुन सक्ने उनको भनाइ छ।

    स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार