Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको आक्रोश : राज्यबाट पेन्सन खानेहरुले सडकमा ताण्डव गरे


    सोमबार, जेष्ठ १७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्व प्रधानन्यायाधीशप्रति आक्रोशित भएका छन् । 

    उनले सोमबार एमाले निकट युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीहरुले सडकमा तमाशा देखाएको बताएका छन् । आफ्नो पालामा केही नगर्ने अहिले राज्यबाट पेन्सन खानेहरुले ताण्डप गरेको उनको आरोप छ।

    पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले एक विज्ञप्ति जारी गर्दै संसद विघटनप्रति विरोध जनाएका थिए।

    पूर्व प्रधानन्यायाधीशहरुले संसद विघटनलाई असंवैधानिक भन्दै विज्ञप्ति जारी गरेपछि प्रधानमन्त्री ओली आक्रोशित बनेका हुन् ।

    प्रधानमन्त्री ओलीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि भइरहेका बसहमा उठेका प्रश्नप्रति पनि आफ्नो आक्रोश पोखेका छन् ।

    उनले कालोकोटधारीहरु आफूले लेखेको फैसला सुनाउने न्यायाधीश चाहियो भन्दै तमासामा लागेको बताएका छन् । न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश बमकुमार श्रेष्ठमाथि अधिवक्ताहरुले प्रश्न उठाएको विषयमा प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार