Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाका नेताहरु बालुवाटारमा, सरकारमा सहभागी हुन छलफल हुँदै


    सोमबार, जेष्ठ १७ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारमा सहभागीताको विषयमा छलफल गर्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । 

    अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् । 

    सांसद नरहेका सात जनालाई फेरि मन्त्री बनाउन नहुने सर्वोच्च आदेशपछि अहिले सात मन्त्रालय खाली छन्। रक्षा मन्त्रालय पनि प्रधानमन्त्री ओली आफैंले राखेका छन्।

    सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने बालुवाटार स्रोतले बताएको छ । स्राेतका अनुसार जसपाले आकर्षक मन्त्रालय नपाए सरकारमा नजाने घुर्की लगाएकाले बजेट अघि मन्त्रीपरिषद पुनर्गठन हुन ढिलाई भएको हाे ।

    यता जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले भने पार्टी विभाजनको संकेत गर्दै आ–आफ्नो बाटो लाग्न आग्रह गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार