सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापालाई सरकारी कागज कीर्तेमा सर्वोच्च अदालतले छलफलका लागि बोलाएको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको इजलासले मन्त्री थापालाई छलफलका लागि जेठ ३० गतेभित्र उपस्थित हुन आदेश दिएको छ ।
सरकारी कागजात कीर्ते प्रमाणित भई फौजदारी सजाय पाएकले मन्त्री थापाको पद बदर गर्न सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश सुवेदीको इजलासले मन्त्री थापालाई छलफलका लागि बोलाएको हो ।
फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्ति मन्त्री जस्तो सार्वजनिक पदमा बहाल रहन नमिल्ने भन्दै मन्त्रीमा पदमा कामकाज नगराउन माग गर्दै रिट दायर भएको थियो ।
रिटमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मन्त्री थापासमेतलाई विपक्षी बनाइएको छ । सर्वोच्चले मन्त्री थापालाई १५ दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।
मन्त्री थापा एमालेको माधव नेपाल समूहका हुन् । उनीसहित ४ सांसदले पार्टी ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका थिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend