Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नेपालप्रति इंगित गर्दै ओलीले भने मुहान नै प्रदूषित भएपछि पानीमा त्यसकाे प्रभाव पर्नु स्वभाविक हाे


    आइतबार, जेष्ठ १६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसकाे प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गरेका छन् ।

    तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको बालुवाटारमा आयोजित कार्यक्रममा उनले संसदीय प्रणाली र दलीय व्यवस्थामा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताए ।

    कार्यक्रममा कुनै नेताको नाम उच्चारण नगरेका ओलीले भने, ‘जब राजनीतिक दलहरु, राजनीतिक अनुशासनहिनता, अराजकता, फ्लोरक्रस, अनुशासन मान्न नपर्ने, पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने । दुनियाँमा कहीँ हिस्ट्रीमा अहिलेसम्म नभएको, आफ्नो सरकारविरुद्ध कहिले सरकार ढाल्नका लागि विश्वासको मत नहाल्ने, मतदान नगरेर बाहिर बस्ने । कहिले अर्को सरकार बनाउनका लागि समर्थन गर्न पुग्ने ?’

    ‘तिनले कहाँ–कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरु हुन्छन् । नेतृत्व तह अनुशासनहीन र अराजकतामा उत्रिन्छ  । सम्मानीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । सरम छैन,’ प्रधानमन्त्री ओलीले भने ।

    प्रधानमन्त्री ओलीले संवैधानिक र कानूनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धि प्राप्त भए पनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेको टिप्पणी गरे ।

    ओलीले राजनीतिक स्वतन्त्रतासँग सामाजिक न्याय र समानता भएपछि मात्रै वास्तवमा लोकतान्त्रिक समाज निर्माण हुने र जनताको व्यवस्था हुने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार