Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • संसद विघटनविरुद्धका मुद्दामा आजदेखि पुनः सुनुवाइ हुँदै


    आइतबार, जेष्ठ १६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। संसद विघटनविरुद्धका मुद्दाको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि पुनः निरन्तर चल्ने भएको छ। गत शुत्रबारदेखि सुरु भएको सुनुवाई समय अभावका कारण ‘हेर्दाहेर्दै’ मा आइतबारका लागि सारिएको थियो। 

    शुक्रबार सुरु भएको बहसको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन्। 

    यसअघि बिहीबार प्रधानन्यायाधीश राणाको एकल इजलासले १९ वटा रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरेपछि थप सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको थियो । 

    इजलासमा निवर्तमान संसदका १४६ जना सदस्यहरुसहितका २६ रिट निवेदन संसद पुनःस्थापन गर्नुपर्ने पक्षमा छन् भने चार रिट प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्नेमा रहेको छ। 

    विपक्षी गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले भने संसद  पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै रिट दर्ता गराएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार