Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • त्यसपछि ओलीको उपादेयता सकिन्छ, नयाँ खिलराजहरुको अभ्यास हुनेछः घनश्याम  भूसाल


    शनिबार, जेष्ठ १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडांै । नेकपा एमालेका नेता घनश्याम भूसालले संविधानको रक्षाका लागि आफूहरुले संसदीय मर्यादा उल्लंघन गरेको बताएका छन् । १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिने क्रममा उनले प्रष्टीकरण भन्दै नेपाली राजनीतिका अशुभ संकेतहरु १ बर्षअघि नै खुलिसकेको खुलासा समेत गरेका छन् । उनतले एउटा सांसदको हिसाबले हेर्दा आफूबाट संसदीय मर्यादा उल्लंघन भएको स्वीकार गरेका छन् । उनले संविधान र राजनीतिका लागि मैले उल्लङ्घनको विकल्प रोज्नुपर्ने ठाउँमा पुगेको उल्लेख गरेका छन् । नेता भूसालको तर्क छ- आफ्नो निणर्य लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहने नेपालको आकांक्षाको पक्षमा हो, जुन लोकतन्त्र ल्याउनका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।

     भूसालले लेखेका छन्-म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिनँ । दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै-लेख्दै आएको छु ।

    एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केही भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो । तर पोहोर सालको बैसाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोलि वा पर्सिपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु । उनले भनेका थिए-नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले बैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ ।  त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्षमा मुलुकलार्ई धकेलिने छ ।

    घटनाहरु जस्ताको तस्तै अगाडि बढ्दैछन् । अहिले नेकपा एमालेका केही सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्घनको विकल्प रोज्नुपर्ने ठाउँमा पुगेँ । मेरो निणर्य लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ । 

    गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार