Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिममा ओलीलाई एमालेका सांसदहरुको चुनौती, सोडारीसहितका सांसद मन्त्रीमण्डलमा


    शुक्रबार, जेष्ठ १४ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेका मन्त्रीलाई फिर्ता हुन निर्देशन दियो । तर एमालेबाट मन्त्री भएकाहरु प्रकाश शाह, मायादेवी भट्ट, कृष्णप्रसाद सुवेदीले सरकारबाट फिर्ता हुन अस्वीकार गरेपछि एमालेले उनीहरुलाई कारबाही गरेको छ । उनीहरुको सांसद पद त पार्टीको कारबाहीपछि चट् भयो नै, भट्ट र सुवेदीलाई मन्त्रीबाट पनि हटाइएको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । पुनर्गगठनमा एमालेका ४ प्रदेश सांसदलाई मन्त्री बनाएका छन् । शुक्रबार एमालेका प्रमुख सचेतक लालबहादुर खड्कालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी चयन भएका छन् । यसअघि आन्तरिक मामिला मन्त्री रहेका एमालेका प्रकाश शाहलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरिएको छ ।

    त्यस्तै राज्यमन्त्रीमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार नियुक्त भएका छन् । 
    सुदूरपश्चिम प्रदेश सरकारमा आज मन्त्री नियुक्त भएकाहरुलाई पनि एमालेले कारबाही गर्ने निश्चित छ । सुदूरपश्चिम प्रदेश सरकारमा एमालेको माधव नेपाल पक्ष भारी बहुमतमा छ । प्रदेशसभाका २४ सांसदमध्ये १८ माधव नेपाल पक्षका छन् । माधव नेपाल पक्षका प्रदेश सांसदहरुमध्ये तारा लामा, बेद रेग्मीसहित ३ जनाले भने पार्टीको निर्णयको पक्षमा अडिग रहने निर्णय गरेका छन् । लामाले शुक्रबारको पुनर्गठनमा मन्त्री हुने प्रस्ताव अस्वीकार गरेका छन् ।

    सुदूरपश्चिम प्रदेशसभामा एमालेका मन्त्री र सांसदलाई कारबाही गर्दा मुख्यमन्त्री भट्टलाई नै फाइदा हुने भएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार