Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आफूविरुद्ध गठबन्धन नबनेको भए चुनावमा जाने मनस्थिति नभएकाे प्रधानमन्त्री ओलीको दाबी


    शुक्रबार, जेष्ठ १४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जानु प्रतिगमन नभएको दाबी गरेका छन्।

    शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले  ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका हुन्।

    उनले संसद सञ्चालनका लागि सबै किसिमको प्रयास गरेपनि त्यसमा असफल भएको र आफू असफल हुनुमा अन्य दलहरुको निर्दलीय चरित्र भएको आरोप लगाए।

    उनले केही सिप नलागेपछि मात्रै जनादेशमा जाने निर्णयमा आफू पुगेको बताउदै नेकपा भंग हुनुमा आफू दोषी नभएको पनि दाबी गरेका छन्।

    अर्कोतिर उनले आफ्नै पार्टीका नेताहरुको असहयोगले पनि आफूलाई ताजा जनादेशमा जान बाध्य बताएको बताए।

    उनले आफूविरुद्ध गठबन्धन निर्माण नभएको भए र घेराबन्दी गरेर आफूलाई हटाउन नखोजेको यस्तो स्थिति नआउने पनि बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार