Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीको सम्बोधनः सरकारमा सहभागी हुन दलहरुलाई आह्वान


    शुक्रबार, जेष्ठ १४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो ३ बर्षे शासनकालमा मुलुकमा अभूतपूर्व विकास भएको दाबी गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । निर्यात ब्यापारले पहिलो पटक लक्ष्य हासिल गरेको उनले बताएका छन् । सम्बोधनका क्रममा उनले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् ।

    ओलीले निर्वाचन हुनेमा कसैलाई कुनै शंका छ भनेर सरकारमा सहभागी हुन पनि ओलीले आग्रह गरेका छन् । निर्वाचन निष्पक्ष गराउने सबै ब्यवस्था मिलाएको दाबी पनि उनले गरेका छन् ।

    सम्बोधनका क्रममा उनले नेकपादेखि एमालेसम्मको एकताकालागि आफूले हरसम्भव प्रयास गरेको तर निर्वाचित अध्यक्षलाई हटाउन घेराबन्दी गरिएको समेत बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार