Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संविधान नै समाप्त हुने खतरा बढेको छः चार पूर्वप्रधानन्यायाधीश


    शुक्रबार, जेष्ठ १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बिघटनका बिरुद्ध परेका ३० वटा रिटमा सुनुवाइ हुने दिन चार पूर्वप्रधानन्यायाधीशले संविधान नै समाप्त हुने खतरा औंल्याउँदै विज्ञप्ति निकालेका छन् ।  चार पूर्वप्रधानन्यायाधीशले संविधानको धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरु संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल भएको भन्दै चिन्ता प्रकट गरेका छन् ।

     पूर्वप्रधानन्यायाधीहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार संयुक्त धारणा सार्वजनिक गर्दै धारा ७६ को प्रयोगका सम्बन्धमा हाल भएका अभ्यासहरुले विपरित दिशातर्फ संविधान कार्यान्वयन भइरहेको आभास भएको उल्लेख गरेका छन् ।

    प्रतिनिधिसभा विघटन र संविधानको कार्यान्वयन विपरीत दिशातर्फ गएका कारण संविधान नै समाप्त हुने खतरा बढेर गएको समेत चार पूर्वप्रधानन्यायाधीशरुको विज्ञप्तिमा उल्लेख छ ।

    चार पूर्वप्रधानन्यायाधीशहरु रायमाझी, शर्मा, श्रेष्ठ र कार्कीले यसअघि गएको पुस५ गते गरिएको प्रतिनिधिसभा बिघटनको पनि बिरोध गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार