Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न देउवाको माग


    शुक्रबार, जेष्ठ १४ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाँके। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेरी अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न सरकार समक्ष माग गरेका छन्।

    बिहीबार बेलुकी आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४/५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए। उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए।

    उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।

    यसै घटनाको बिषयलाई लिएर सभापति देउवाले आज बिहान ट्वीट गर्दै अस्पतालका डाक्टर र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय भनेका छन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार