Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा पठाउने आदेश


    बिहिबार, जेष्ठ १३ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ- सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले बिहीबार संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो।

    संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन्। संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसबिरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार