Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नेपाल समूहका १५ नेताको संयुक्त वक्तव्यः ओलीविरुद्ध एकजुट हुने दिन आयाे (पूर्णपाठ)


    बुधबार, जेष्ठ १२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहका १५ नेताले बुधबार सँयुक्त वक्तव्य जारी गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध एकजुट हुन आव्हान गरेका छन् ।

    साविकको एमालेको स्थायी कमिटीमा रहेका १५ जना नेताहरुले सँयुक्त वक्तव्य जारी गरेका हुन् । गोकर्णराज विष्ट र योगेश भट्टराईको पनि सो वक्तव्यमा नाम उल्लेख छ।

    उनीहरुले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीका ११ जना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेकोमा भत्र्तसनासमेत गर्नुका साथै ओलीले पार्टी र देशलाई स्वेत्छाचारी कमदबाट चलाएको भन्दै कडा आलोचना गरेका छन् ।

    उनीहरुले ओलीका कदमविरुद्ध एकजुट हुन एमालेका नेता तथा कार्यकर्ताहरुलाई पनि आव्हान गरेका छन्। उनीहरुले वक्तव्यमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण र सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गर्नुको प्रष्टीकरणसमेत दिएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार