Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच भेट नभएकाे सर्वोच्चको स्पष्टीकरण


    मंगलबार, जेष्ठ ११ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भेट नभएको बताएको छ।

    आज सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको प्रष्ट पारेका छन्।

    स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    188613316_471584267245722_3982411115646180423_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार