Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटा र पूर्व सभामुखहरु परामर्श गर्दै


    मंगलबार, जेष्ठ ११ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्ने भएका छन् ।

    मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा पूर्वसभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

    गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले शीर्ष नेताहरु एवं संविधानविद्हरुसँग परामर्श गरी यो कदमको विरोध गरेका थिए ।

    संसद विघटनको विरोध गर्दै १४६ सांसदले सोमबार सर्वाेच्च अदालतमा मुद्दा समेत दायर गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार