Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल पक्षलाई कारबाही गर्ने ओलीकाे तयारीप्रति भट्टराईकाे आपत्ति, भने धैर्य गरौं, संवाद गरौं


    आइतबार, जेष्ठ ९ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ – निर्णायक समयमा माधवकुमार नेपालकाे साथ छाेडेकाे भनिएका नेकपा एमालेका नेता याेगेश भट्टराईले कारबाही र बदलाकाे राजनीतिले गन्तव्यमा नपुगिने बताएका छन्।

    एमालेले माधव नेपालसहितका नेताहरुलाई कारबाहीकाे प्रक्रिया सुरु गरेपछि भट्टराईकाे यस्ताे टिप्पणी आएकाे हाे।

    उनले नेताहरुलाई आफ्नाे विगत हेरेर धैर्य गर्न र संवाद गर्न आह्वान पनि गरेका छन्।

    ‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्‍याएकाे छैन र पुर्‍याउँदैन पनि। पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो। सबैले आफ्नो विगतलाई हेरौँ। धैर्य गरौँ, संवाद गराैँ’, भट्टराईले भनेका छन्।

    भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार