Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोत्ने नेविसंघका कार्यकर्ता पक्राउ


    आइतबार, जेष्ठ ९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायतका विद्यार्थीहरु रहेका छन्।

    उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै प्रदर्शन गरेका थिए ।

    त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ ।

    NSU-Protest.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार