Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैज्ञानिक समाजवाद या दलाल पूँजीवाद रोज्ने अधिकार जनतालाई दिनुपर्छ:विप्लव


    शनिबार, जेष्ठ ८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्नु देशलाई अन्तर्विरोध र संकटमा धकेल्ने चाल भएको बताएका छन् ।
    आज (शनिबार ) विप्लवले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन विषयमाआफ्नो  पार्टीको धारणा सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा २०७३ सालदेखि पार्टीले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने बताउँदै आएकामा अहिले सही सावित भएको बताएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘२०७३ साल देखि दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैन, यो सफल हुँदैन भन्ने हाम्रो पार्टीको निष्कर्ष सही सावित भएको छ ।’
    विज्ञप्तिमा भनिएको छ, ‘शान्ति, स्थिरता एवं समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या हो ।’

    यस्तो छ नेत्रविक्रम चन्दको बिज्ञप्ति

    biplav 2-8.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार