Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस पदाधिकारी बैठक सकियो, ओलीको निर्णयबिरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने 


    शनिबार, जेष्ठ ८ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेसका पूर्व र वर्तमान पदाधिकारी बैठकले  प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको निष्कर्ष निकाल्दै राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो । कांग्रेसले प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको निष्कर्ष निकालेको छ ।

    कांग्रेसले अन्य राजनीतिक दलहरुसँग पनि सहकार्य गर्दै राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।  प्रतिनिधिसभा विघटनको विरोध गर्नका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।

    बहुमतसहित विपक्षी दलका नेता देउवाले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरेको कुरालाई लत्याइएको भन्ने ठहर बैठकले गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार