काठमाडौं । शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसको चौतर्फी बिरोध भएको छ । सर्वोच्च अदालतले यसअघि २०७७ फागुन ११ मा दिएको आदेशको पूर्ण पाठ नआउँदै राष्ट्रपति भण्डारीले अल्पमतका प्रधानमन्त्रीको सिफारिसमा मध्यावधि चुनाव घोषणा गरेकी छन् ।
राष्ट्रपतिले संविधान विपरीत अर्को सरकार बन्ने अवस्था हुँदाहुँदै संसद भंग गरिसकेपछि विपक्षी गठबन्धन आक्रोसित भएका छन् । प्रतिनिधिसभा भंग गर्ने र चुनाव घोषणाका बिरुद्ध भावी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक संसद भवन बानेश्वरको ल्होत्से हलमा शनिबार ११ बजेदेखि सुरु भएको छ । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको सर्वपक्षीय बैठक सुरु भएको हो । विपक्षी गठबन्धनको साझा धारणा बनाउनका लागि बैठक बोलाइएको बताइएको छ ।
बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमका बिरुद्ध कानुनी उपचार खोज्नेबारेमा छलफल गर्दैछ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, रामशरण महत, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले बरिष्ठ नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सभागी छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend