Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मध्यरातमा फेरि संसद भंगः कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा


    शनिबार, जेष्ठ ८ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा मन्त्रिपरिषद बैठक राखी संसद भंग गरी मध्यावधि निर्वाचनका लागि सिफारिस गरेका छन् । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीले सिफारिस गर्नासाथ आगामी २०७८ कात्तिक २६ र मंसिर ३ म मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छन् ।

    संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा केपी ओली र शेरबहादुर देउवाको दाबी नपुग्ने निर्णय गर्दै दुवै निवेदन खारेज गर्ने निर्णय लगत्तै शुक्रबार मध्यरातमा मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

    मन्त्रिपरिषदले प्रतिनिधिसभा भंग गर्दै आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको सिफारिस गरेको थियो । जसलाई राष्ट्रपति विद्या भण्डारीले सदर गरेकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार