Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १४९ सांसदको हस्ताक्षर बोकेर देउवा शीर्ष नेताहरुसहित शीतलनिवास हिँडे


    शुक्रबार, जेष्ठ ७ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बहुमतकाे सरकार गठन गर्ने प्रयोजनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् ।

    गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् । 

    विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । 

    हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार