Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओली विपक्षी गठबन्धनकाे बहुमत, देउवालाई प्रधानमन्त्री बनाउने


    शुक्रबार, जेष्ठ ७ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।

    स्रोतका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर संकलन गरिएको हो । हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ । 

    विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । 

    हस्ताक्षर जुटेपछि अहिले संसद सचिवालयमा हस्ताक्षर फाइल गर्ने काम भइरहेको स्राेतले बताएकाे छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार