Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिऊॅ !’


    शुक्रबार, जेष्ठ ७ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संबिधान र लोकतन्त्रको रक्षा गर्न सबैले पहल गर्नु पर्ने बताएका छन्। 

    यसअघि बिहीबार बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि उनले यस्तो बताएका हुन्। 

    शुक्रबार बिहान सामाजिक सञ्जालमा संसद, संविधान ,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो भन्दै बैकल्पिक सरकारको पहल गर्नुपर्ने बताएका छन्। 

    उनले लेखेका छन्, ‘संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो ! जे गरेर रक्षा हुन्छ त्यही गरौं । सबैले आवस्यक त्याग/बलिदान गरौं। लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ!आजै गरौं,अहिल्यै गरौं! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!’

    <blockquote class=”twitter-tweet”><p lang=”ne” dir=”ltr”>संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो!जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्याग/बलिदान गरौं।लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ!आजै गरौं,अहिल्यै गरौं! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!</p>&mdash; Baburam Bhattarai (@brb1954) <a href=”https://twitter.com/brb1954/status/1395575808706498560?ref_src=twsrc%5Etfw”>May 21, 2021</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार