Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नाटकीय ढंगले राष्ट्रपतिले २४ घण्टा पनि समय नदिई आह्वान गर्नु संविधान विपरित : प्रचण्ड


    शुक्रबार, जेष्ठ ७ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधान विपरित काम गरेको टिप्पणी गरेका छन् ।

    बिहीबार बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति  भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी  थिइन ।

    अध्यक्ष प्रचण्डले नाटकीय ढंगमा २४ घण्टा पनि समय नदिई प्रधानमन्त्री बन्ने भए आउ भनेर राष्ट्रपतिले भन्नु विल्कुल संबिधान विपरित रहेको वताए।

    प्रचण्डले भने, ‘जबकि प्रधानमन्त्रीले संविधानत ३० दिन भित्र विश्वासको मत लिनुपर्ने थियो । देश कोरोनाले आक्रान्त भएको बेला सरकारको ध्यान भने कुर्सीमा मात्र हुनु नेपाली जनताको निम्ति बिडम्बनाको कुरा हो’ !

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार