Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रवक्ता शर्माको प्रश्न – शितल निवासमा राष्ट्रपति बस्नुहुन्छ कि केवल विद्यादेवी भण्डारी ?


    शुक्रबार, जेष्ठ ७ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसका नेता एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शितल निवासमा राष्ट्रपति बस्नुहुन्छ ? कि केवल विद्या भण्डारी मात्रै बस्नु हुन्छ ? भन्दै प्रश्न गरेका छन्। 

    बिहीबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि तुरुन्तै आह्वान गरेको भन्दै प्रवक्ता शर्माले आपत्ति जनाएका हुन्। 

    राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको जुनसुकै निर्णयपनि आखाँ बन्द गरेर छिनमै पास गरेको आपत्तिमा उनले प्रश्न समेत गरेका छन्। प्रवक्ता शर्माले 
    प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय किन चाहिएन ? संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो ? उनको प्रश्न छ। 

    संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक छ भन्दै प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत् आलोचना गरेका हुन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार