Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘देश : रबर स्ट्याम्प राष्ट्रपति, मनखुशी चलाउने प्रधानमन्त्री’


    शुक्रबार, जेष्ठ ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। यतिबेला सामाजिक सञ्जालहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भइरहेको छ।

    यसअघि बिहीबार बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन ।

    प्रधानमन्त्रीले आफू अनुकुल निर्णय गर्ने र त्यसको आखा बन्द गरेर राष्ट्रपतिले पास गरेको भन्दै सामाजिक संजालहरुमा विपक्षी गठबन्धनका नेतादेखि लिएर कलाकार, लेखक, बुद्दिजिबीलगायतहरुले  खुलेर आलोचना गरेका हुन्। 

    यसैक्रममा कसैले ‘ओलीलाई भण्डारीको साथ’ त कसैले राष्ट्रपतिलाई महाअभियोग लागेर हटाउनु पर्नेसम्मको प्रतिक्रिया दिएका छन्। तर, यसैबीच आलोचना गर्नेहरु मध्ये एक बरिष्ठ लेखकले भने छुट्टै प्रतिक्रिया दिएका छन्। 

    समर्थन र बिरोध बनेको सामाजिक सञ्जालमार्फ़त लेखक नारायण वाग्लेले रबर स्ट्याम्प राष्ट्रपति र देश मनखुशी चलाउने प्रधानमन्त्री भएका कारण प्रतिनिधिसभा फेरि विघटन गर्ने प्रपञ्च भएको उल्लेख गरेका छन्। 

    लेखक वाग्लेले महामारीले पिल्सिएका जनताको ध्यान मोड्न संविधानमाथि फेरि मनमरी भन्दै राष्ट्रपतिले चुपचाप प्रधानमन्त्रिको सिफारिसमाथि सही गर्नु यसको कारण भएको उनको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार