काठमाडौं । बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन बिहीबार हुँदैछ । राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ छन् । एमालेबाटै कलम चिह्न लिएर साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटा उभिएका छन् जसलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन छ ।
एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका देवकोटालाई विपक्षीले साझा उम्मेदवारका रुपमा स्वीकार गरी उम्मेदवार बनाएका हुन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता नेपालसहितका असन्तुष्ट पक्षसँग २ जेठ, २०७५ कै अवस्थामा फर्किने गरी एकताका लागि तयार भएपछि एमालेभित्रको विवाद समाधान हुने दिशामा गएको छ । तर राष्ट्रियसभा उपनिर्वाचनले एमालेभित्रको विवाद पुनः सतहमा ल्याइदिएको छ ।
मंगलबार बिहान बादल बरिष्ट नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा गएर सहयोग गर्न आग्रह गरेका थिए । उनले सहयोगको आश्वासन बादललाई दिएको समाचार सार्वजनिक भयो । तर मंगलबार साँझ बरिष्ठ नेता नेपालको सचिवालयको तर्फबाट मोहन गौतमले बादललाई सहयोग गर्ने कुरा भ्रमपूर्ण रहेको विज्ञप्ति आयो । जसका कारण बादललाई एमालेकै माधव नेपाल पक्षले मत नहाल्ने देखिएको छ ।
एमालेको माधव नेपाल पक्षसँग एकता गर्ने पक्षमा पटक्कै नदेखिएका पार्टीका महासचिव तथा विनाविभागीय उपप्रधानमन्त्री इश्वर पोखरेल पनि बादललाई पराजीत गर्न भित्रभित्रै सक्रिय भएको चर्चा राजनीतिक बृत्तमा छ । बादललाई प्रधानमन्त्री ओलीले अब पुनर्गठन हुने मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नै बनाउने संकेत देखिएपछि पोखरेल पनि उनलाई हराउने पक्षमा रहेको चर्चा एकथरीले चलाएका छन् ।
इश्वर पोखरेलले बागमती प्रदेशका आफ्ना निकटहरुलाई बादललाई हराउनका लागि परिचालन गरेको एमाले पंक्तिबाटै खुल्न थालेको छ । पोखरेलले बादल हराएर एक तीरले दुई निशाना साँध्न खोजेका छन् । निशाना नम्बर एक, बादल हराएर आफू गृहमन्त्री बन्ने । निशाना नम्बर दुई, हारको अपजस माधव नेपाल समूहलाई दिएर एकता प्रक्रिया भंग भएको घोषणा गर्ने ।
पोखरेल माधव नेपालहरुसँग मिल्नै नहुने एकताबिरोधीका रुपमा एमालेमा चिनिन्छन् । माधव नेपालहरुलाई एमालेबाट बाहिर पारेपछि ओलीपछिको पार्टीको नेतृत्व आफ्नो हातमा आउने मृगतृष्णा पोखरेलमा छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend