Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मौन अवधिमा आचारसंहिता उल्लंघन गरेकाे भन्दै प्रधानमन्त्रीलाई कारबाही गर्न कांग्रेसकाे माग


    बुधबार, जेष्ठ ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा मत मागेर निर्वाचन आचार संहिता उल्लंघन गरेकाे भन्दै  नेपाली कांग्रेसले कारबाही गरेको छ ।

    कांग्रेस संसदीय दल, कार्यसमितिको बुधबार बसेको बैठकले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्दै कारबाही गरेको हो ।

    राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको बेला प्रधानमन्त्रीले वक्तव्य जारी गर्दै मत मागेकाले कारबाही गर्नुपर्ने कांग्रेसकाे माग छ ।

    वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन भोलि हुँदैछ । त्यसको अघिल्लो दिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बादलको पक्षमा मत माग्दै वक्तव्य निकालेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार