Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली विपक्षी गठबन्धनकाे छलफल, महन्थलाई प्रधानमन्त्री बनाउन देउवा-दाहाल सकारात्मक


    बुधबार, जेष्ठ ५ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल तुल्याउनेगरि गृहकार्य थालेको छ ।

    ओलीले संसदमा विश्वासको मत नपाउने भएपछि संसद् विघटन गरेर आफ्नै नेतृत्वमा चुनावमा जाने चाहेको भन्दै ओलीलाई रोक्नको लागि हरेक विकल्पमा विपक्षी गठबन्धनका नेताहरुले लगातार छलफल गरिरहेका छन् ।

    जसपाको सिंगो साथ पाउन नसक्दा संविधानको धारा ७६ को २ अनुसार सरकार गठनमा दाबी गर्न नगएको विपक्षी गठबन्धन अब भने वैकल्पिक सरकार निर्माणमा गहन रुपमा छलफलमा जुटेको छ।

    जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा सरकार बनाउनेगरी कांग्रेस अघि बढ्न लागेको हो ।

    यसअघि नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले पनि ठाकुरलाई नै प्रधानमन्त्रीमा अघि सारेर भएपनि वैकल्पिक सरकार बनाउनुपर्ने प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राखेका थिए । सुरुमा देउवा सकारात्मक भएका थिएनन् । तर, पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरीपनि विस्थापित गर्नुपर्ने पक्षमा कांग्रेस नेतृत्वपनि पुगेको पाईएको छ । अहिले दोस्रो तहका नेताहरुले माओवादी केन्द्रका नेताहरु र जसपाका नेताहरुसँग गम्भीर छलफल तथा वार्ता गरिरहेका छन् ।

    ठाकुरलाई प्रधानमन्त्री बनाउने सवालमा यादवमात्रै होईन, जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईपनि सकारात्मक छन् ।। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार