Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • गगन थापाद्वारा नि:शुल्क अस्पताल यातायात सेवा सुरू, यी नम्बरहरूमा सम्पर्क गर्नु हाेस्


    बुधबार, जेष्ठ ५ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले नि:शुल्क अस्पताल यातायात सेवा सुरू गरेका छन् ।

    काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दालाई लक्षित गरेर संचालन गरीएकाे नि:शुल्क अस्पताल यातायात सेवाले घरमै आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूलाई अस्पताल आउजाउ गर्नुपरेकाे अवस्थामा सहयाेग गर्ने उनले बताए।

    कोरोना संक्रमितका लागि एम्बुलेन्स र यातायात सेवा पाउन गाह्रो भएकाे बताउँदै उनले केही सहयोगीहरूको सहयोगमा  सवारी साधनको व्यवस्थापन गरेर सेवा सुरू जानकारी दिए ।

    काठमाडौं महानगरतर्फ 9851096303 र बुढानिलकण्ठ नगरपालिकातर्फ 9851065256 र 9851072129 मोबाइल नम्बरमा सम्पर्क गर्न थापाले अनुरोध गरेका छन्। 

    साथै हटलाइन नम्बर 9860340587 मा एसएमएस पनि गर्न सकिनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार